मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

कमेडी दरबारमा मनोज गजुरेलको अनुपस्थितिमा प्रदीप भट्टराईको प्रवेश

ललितपुर। टिभी रियालिटी शो ‘कमेडी दरबार’ मा एक महिना अनुपस्थित हुने भएपछि कमेडीयन मनोज गजुरेलको ठाउँमा चलचित्र निर्देशक प्रदिप भट्टराईको प्रवेश भएको छ ।

गजुरेल एक महिनाका लागि युरोप टुरमा निस्किएपछि निर्देशक भट्टराईलाई ‘गेस्ट महाराजा’ को रुपमा भित्र्याइएको जनाइएको छ ।

कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईँले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदीप भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको बताउनु भएको छ ।

भट्टराई नेपाली चलचित्र क्षेत्रका सफल र लोकप्रिय निर्देशकका साथै कमेडी रियालिटी शो कमेडी च्याम्पियनका जज समेत हुनुहुन्छ ।

Author

Share the News

Recent News

Related News