मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिता आयोजना

विराटनगर । विराट कोशी जुडो क्लबद्वारा कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिता-२०८२ आयोजना गरिएको छ ।

क्लबको आयोजनामा र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जेठ २६ र २७ गते शहिद रङ्गशालाको कभर्ड हलमा दुई दिने प्रदेशस्तरीय जुडो प्रतियोगिता आयोजना गरिएको हो।

विराटनगरमा २०८२ जेठ २४ गते पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकी संयोजक बिना बस्नेतले प्रदेशमा जुडो खेलमा नयाँ प्रतिभाहरूको क्षमता अभिवृद्धि तथा जुडो खेलप्रतिको आकर्षण वृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो ।

उहाँले प्रतियोगितामा विभिन्न तौल समूहको स्पर्धामा कोशी प्रदेशका १४ जिल्लाबाट खेलाडी र प्रशिक्षक गरेर १ सय ३२ जनाको सहभागिता हुने जानकारी दिनु भयो ।

त्यस्तै, प्रतियोगिता आयोजक कमिटीका सदस्य विशाल बानियाँले प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता, ओलम्पिक लगायतको प्रतियोगितामा सहभागी खेलाडी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई सम्मान समेत गर्ने बताउनु भयो।

Author

Related News