मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

धुर्कोट गाउँपालिका पूर्ण खोप सुनिश्चित

गुल्मी । धुर्कोट गाउँपालिका पूर्ण खोप, पूर्ण पोषण मैत्री तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता तथा निरन्तरता घोषणा कार्यक्रम २०८२ जेठ २२ गते सम्पन्न भएको छ ।

घोषणा कार्यक्रममा जिल्ला खोप तथा प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले धुर्कोट गाउँपालिकालाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा धुर्कोट गाउँपालिकाद्वारा सबै स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूलाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्वास्थ्य कार्यालय, गुल्मीका नर्सिङ अधिकृत मुना थापा पुन र धुर्कोट आधाभूत अस्पतालका डाक्टर लालबहादुर खत्रीलाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमलाल खनाल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, कर्मचारी, शिक्षक, विद्यार्थी तथा अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Author

Related News