ललितपुर । बिजुलीको पोल ढलेर लाग्दा गोदावरी नगरपालिका-१४, ठैवका ५५ वर्षीय रमेश खड्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार, डोजरले बाटो खन्ने क्रममा पोलले लागेर खड्गीको मृत्यु भएको हो ।
प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिबीले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो ।
बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका बेला विद्युत्को पोल ढलेर लाग्दा खड्गी गम्भीर घाइते हुनुभएको र उपचारका लागि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।