मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

फुटबल खेल्नकै लागि जन्मिएका समीरको छलाङ

ललितपुर । समिर तामाङ युवा फरवार्ड हुन् । उनलाई फुटबल खेल्नकै लागि जन्मिएका हुन भन्दा फरक पर्दैन । जुन हिसावमा अहिले उनी लगातार खेलिरहेका छन् र अवसर पाएका छन् त्यसले पनि यो कुरा पुष्टि गर्छ ।

१९ वर्षमै राष्ट्रिय टिमबाट डेब्यु गरेका समिरले अहिलेसम्म नेपालको घरेलु लिग संरचनामा खेल्न पाएका छैनन् । तर उनले नेपालको जुनियर देखि सिनियर टिमबाट समेत खेलिसकेका छन् ।

मोफसलका गोल्डकप प्रतियोगिताहरु लगभग सबै खेलिसकेका छन् । समिरले छोटो समयमै फुटबलमा भने छलाङ मारिरसकेका छन् । स्पीड उनको सबैभन्दा राम्रो पक्ष हो । समिरलाई रोक्न विपक्षी डिफेण्डरहरुलाई कठिन पर्छ ।

त्यतिमात्र होइन नेपालको एक मात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिगमा पनि समिर अब तेस्रो संस्करणमा डेब्यु गर्दैछन् । एनएसएल यही चैत १६ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । त्यसमा पनि उनी सामान्य खेलाडी छैनन् पोखरा थण्डर्सको मार्की प्लेअरको भूमिकामा छन् ।

Author

Related News