मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जापानमा चार दिने कार्य सप्ताह लागू (यस्ता छन् अन्य देशहरू)

जापानले अप्रिल २०२५ देखि सरकारी कर्मचारीहरूका लागि हप्तामा चार दिन काम र तीन दिन आरामको व्यवस्था लागू गर्न लागेको समाचार द टाइम्स अफ इण्डियाले जनाएको छ । जनसाङ्ख्यिकीय सङ्कट र घट्दो जन्मदरको समाधानका लागि यो कदम उठाइएको हो। नयाँ नीतिअन्तर्गत कर्मचारीहरूले बाल हेरचाहका लागि काम गर्ने समय पनि घटाउन सक्नेछन्।

चार दिने कार्य सप्ताहलाई विभिन्न देशहरूले सफलतापूर्वक अवलम्बन गरिरहेका छन्। आइसल्याण्ड, डेनमार्क, नेदरल्याण्ड, बेल्जियम, जर्मनीजस्ता देशहरूमा यो अभ्यासले कर्मचारी सन्तुष्टि, मानसिक स्वास्थ्य र कार्यसम्पादनमा उल्लेखनीय सुधार ल्याएको छ।

बेल्जियमले सन् २०२२ मा चार दिने कार्य हप्ता कानुनी रूपमा लागू गरेको हो भने जर्मनीले सन् २०२३–२४ मा सफल परीक्षणपछि निरन्तरता दिने योजना बनाएको छ। आइसल्याण्डमा यो अभ्यासले आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पारेको छ।

चार दिने कार्य सप्ताहको अभ्यासले परम्परागत वर्क कल्चरमा परिवर्तन ल्याउँदै जीवनस्तर र कार्य–जीवन सन्तुलनमा सुधार गर्ने विश्वव्यापी प्रवृत्ति झल्काएको छ।

Author

Related News