मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी, १४८ जनाको मृत्यु

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४८ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका खबर एपी न्युजले जनाएको छ ।

यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो ।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ ।

डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताउनु भएको छ ।

प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।

Author

Share the News

Recent News

Related News