मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सङ्क्रमणकालीन आयोगमा जाने बुझेको व्यक्ति नियुक्त गर्नु पर्छः ज्ञवाली

ललितपुर । नेकपा एमाले उपमहासचिव एवम् पूर्व शान्ति मन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरूलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले आयोगको पदाधिकारीमा जो आए पनि सङ्क्रमणकालीन न्यायको मर्म बुझेको र टुङ्ग्याउने प्रतिबद्धता भएको व्यक्ति आवश्यक रहेको बताउनु भयो । उहाँले यसअघि गठन भएको आयोगले पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्न सक्ने हुनुपर्ने बताउनु भएको छ ।

उहाँले भन्नु भयो-‘शान्ति प्रक्रियाका काम नेपालको शान्ति प्रक्रियालाई हेर्दा दुई ओटा तस्विर देख्नु हुन्छ। एउटा केही काम हामीले असाध्यै तीव्र र सकारात्मक ढङ्गले पनि गरेका छौँ। अर्को केही काममा अनावश्यक र हदैसम्म ढिलासुस्ती पनि भएको छ। सामान्यतया शान्ति प्रक्रियाका तीन ओटा पक्षहरू थिए। पहिलो त्यसको राजनीति मुद्दा जो हामीले पूरा गर्‍यौँ ।’

उहाँले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित रहेर यसअघि नै ६३ हजार निवेदन दर्ता भइसकेको र २ हजार ५ सय भन्दा बढी बेपत्ताका निवेदनहरू रहेको बताउँदै यसकै आधारमा काम अघि बढाउनु पर्ने बताउनु भयो ।

Author

Related News