मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पाँच अध्यादेश र पाँच विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन

ललितपुर । संसद्को हिउँदे अधिवेशन ०८१ चैत १९ गते राति १२ बजेबाट सकिएको छ । माघ १८ गतेदेखि सुरु भएको यो अधिवेशन ६१ दिनसम्म सञ्चालन भयो।

यस अधिवेशनमा ५ अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा पारित गरियो। ती अध्यादेशहरू सहकारी, सुशासन, आर्थिक कार्यविधि, निजीकरण तथा आर्थिक सुधारसँग सम्बन्धित थिए।

त्यस्तै, सरकारले संसद्मा १२ विधेयक दर्ता गराएकोमा पाँच विधेयक पारित भए, चार विधेयक समितिमा विचाराधीन छन् भने तीन विधेयक पेस भएका छन्। भूमिसम्बन्धी अध्यादेशलाई सहमतिको अभावमा होल्ड गरिएको जनाइएको छ।

अधिवेशनको क्रममा प्रधानमन्त्रीले दुई पटक सम्बोधन गर्नु भयो भने यो अधिवेशनमा विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस गरियो ।

Author

Related News