मानव आवाज

२०८३ असोज ३० गते
00: 00: 00
२०८३ असोज ३० गते

रत्नपुरी सहकारीको अध्यक्षमा सूर्यबहादुर कार्की निर्वाचित

पोखरा । रत्नपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका-७ को अध्यक्षमा सूर्यबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

संस्थाको १८औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनबाट आर्थिक वर्ष २०८३/८४ देखि २०८६/८७ सम्मको कार्यकालका लागि कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सुर्यबहादुर कार्की

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मातृकाराज घिमिरे, सचिवमा ओमनाथ अधिकारी, कोषाध्यक्षमा शुभद्रा खनाल अधिकारी र सहसचिवमा इन्दिरा बराल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता रघुनाथ अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी, सदस्यहरूमा लक्ष्मण अधिकारी, विश्व बराल, जानुका अधिकारी र कुमार भण्डारी निर्वाचित हुनुभएको छ ।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा लालुप्रसाद सुवेदी तथा सदस्यहरूमा दयानन्द पोखरेल (शङ्कर) र पदमप्रसाद पोखरेल चयन हुनुभएको छ ।

साधारणसभामा संस्थाका सचिव मातृकाराज घिमिरेले प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष दयानन्द पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका थिए । सहकारीमा १ सय २९ जना शेयर सदस्य आबद्ध छन् ।

कार्यक्रममा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा वातावरणीय सचेतना अभिवृद्धिका क्षेत्रमा योगदान पुर्‍याउनुभएका सामाजिक अभियन्ता सीताराम दाहाललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

अधिवेशनको उद्घाटन संस्थापक अध्यक्ष रामप्रसाद बस्ताकोटीले गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सात सिद्धान्त सहसचिव वसुन्धरा बस्नेत भण्डारीले वाचन गर्नुभएको थियो । अधिवक्ता युवराज पराजुली र प्राध्यापक गङ्गाराम पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले सहकारीलाई सदस्यहरूले ‘मेरो सहकारी’ भन्ने अपनत्व महसुस गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जबाफदेहिता, पारदर्शिता र विनियमअनुसार सहकारीको व्यवस्थापन गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष दिनबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष सूर्यबहादुर कार्कीले र सञ्चालन सचिव मातृकाराज घिमिरेले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार