मानव आवाज

२०८३ असोज २३ गते
00: 00: 00
२०८३ असोज २३ गते

लोकदोहोरी प्रतिष्ठानमा पशुपति निर्विरोध

जनकपुरधाम । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

महोत्तरीको बर्दिबासमा २०८३ असोज २२ गतेदेखि जारी नवौँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो ।

अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उहाँ असोज २३ गते निर्विरोध निर्वाचित हुनुभएको हो । मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उहाँले दर्शक तथा श्रोतामाझ छुट्टै पहिचान बनाउनु भएको छ ।

अमर विरही गुरुङ, प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्रि पङ्गेनी, रमेश बिजी र रीता थापामगरले प्रतिष्ठानको नेतृत्व सम्हालिसक्नुभएको छ ।

Author

सम्बन्धित समाचार