मानव आवाज

२०८३ असोज २२ गते
00: 00: 00
२०८३ असोज २२ गते

रचनाकार तथा गायक रत्न बेहोसीको निधन

ललितपुर । रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ ।

नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याउनु भएका बेहोसीको ९१ वर्षको उमेरमा २०८३ असोज २१ गते निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो ।

नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा ६ दशकभन्दा बढी समय योगदान पुर्‍याउनुभएका बेहोसी गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँलाई नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ । उहाँका चर्चित गीतहरूमध्ये ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ (भारती उपाध्यायसँग) र तीर्थकुमारी थापासँग गाएको नेपालभाषाको चर्चित गीत ‘सु मदुगु ताक स्वया वा’ निकै लोकप्रिय छन् ।

पाटनको भिन्छबहालमा हुर्किएर हाल भोलढोका बस्दै आउनुभएका स्वर्गीय बेहोसीका दुई छोराहरु आनन्द र चेतन बज्राचार्य तथा छोरी मुनु बज्राचार्य हुनुहुन्छ ।

Author

सम्बन्धित समाचार