मानव आवाज

२०८३ असोज १३ गते
00: 00: 00
२०८३ असोज १३ गते

एशियन लाइफका अभिकर्तालाई अभिमुखीकरण तथा पुनर्ताजगी तालिम

पोखरा । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अमरसिंह उपशाखाको आयोजनामा अभिकर्ताहरूका लागि अभिमुखीकरण तथा पुनर्ताजगी तालिम पोखरामा सम्पन्न भएको छ ।

अभिकर्तालाई थप प्रोत्साहित गर्दै व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एकदिने तालिममा बीमाको महत्त्व, वित्तीय सुरक्षा, भविष्यका लागि बचत तथा लगानी, सामाजिक सुरक्षा, आर्थिक विकासमा बीमाको योगदानलगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एशियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख टी.एन. आचार्यले कम्पनीका विभिन्न बीमा योजनाबारे प्रस्तुतीकरण गर्दै ग्राहक तथा आफन्तसँग नियमित सम्पर्कमा रहन, उनीहरूको आवश्यकता सुन्न र धैर्य तथा निश्छलताका साथ काम गर्न अभिकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले टिम बिजनेस र निरन्तर अध्ययनलाई पनि व्यवसाय सफलताको आधारका रूपमा लिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक मञ्जु क्षेत्रीले अभिकर्तालाई कम्पनीका बीमा योजनाबारे स्पष्ट जानकारी लिएर ग्राहकको आवश्यकता र क्षमताअनुसार उपयुक्त पोलिसी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाँले अभिकर्ताहरूलाई कार्यालयसँग नियमित सम्पर्कमा रही व्यवसाय विस्तारमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी विश्वराज आचार्य, सपना वाग्ले, नवीन थापा, नन्दकला ढकाल, सोनाम विक क्षेत्री र यमकुमारी नेपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै बीमाका सबल पक्षबारे धारणा राख्नुभएको थियो ।

अमरसिंह उपशाखाकी शाखा प्रबन्धक मञ्जु क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सपना बरालले स्वागत मन्तव्य र मार्केटिङ एक्जुकेटिभ रितु मजाकोटीले सञ्चालन गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार