मानव आवाज

२०८३ असोज ११ गते
00: 00: 00
२०८३ असोज ११ गते

सिटिजन फर्निचरमा दशैंतिहार अफर, ३० प्रतिशतसम्म छुट

पोखरा । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर प्रालिले दशैं तथा तिहारको अवसरमा आफ्ना विभिन्न उत्पादनमा २० देखि ३० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले २०८३ असोज १० गते पत्रकार सम्मेलन गरी चाडपर्व लक्षित विशेष छुट योजना सार्वजनिक गरेको हो ।

सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीका अनुसार दशैंदेखि तिहारसम्म फर्निचर, सोफा, अफिस टेबल, टीटेबल, पर्दा, कार्पेट, डाइनिङ टेबल, कुर्सी, डोरमेटलगायत घरायसी तथा कार्यालय प्रयोजनका सामग्री खरिदमा विशेष छुट उपलब्ध हुनेछ ।

कार्कीले सिटिजन फर्निचरमा २० हजार रुपियाँदेखि ४ लाख रुपियाँसम्मका सोफालगायत विभिन्न गुणस्तरीय फर्निचर सर्वसुलभ मूल्यमा उपलब्ध रहेको बताउनुभयो । “गुणस्तरीय सामान सस्तोमा उपलब्ध गराउने उद्देश्यले यस वर्ष दशैं तथा तिहारको अवसरमा विशेष छुट घोषणा गरेका हौँ ।”-उहाँले भन्नुभयो ।

बजारमा अनलाइन माध्यमबाट दर्ता तथा कर प्रणालीबाहिर रहेर गुणस्तरहीन सामग्री बिक्री गर्ने प्रवृत्ति बढेको भन्दै कार्कीले त्यस्ता व्यवसायलाई नियमन गर्न राज्यको ध्यानाकर्षण गराउनुभयो । अनलाइनबाट सामान बिक्री गर्ने केही व्यवसायले ग्राहकलाई आकर्षित गर्न सस्तो मूल्य देखाउने तर कमसल सामग्री उपलब्ध गराउने गरेको उहाँको आरोप छ ।

“यस्तो अस्वस्थ प्रतिस्पर्धाले गुणस्तरीय सामान बिक्री गर्ने व्यवसायीलाई समेत असर गरिरहेको छ। त्यसैले राज्यले अनलाइन व्यापारलाई समेत गम्भीरतापूर्वक नियमन र निगरानी गर्नुपर्छ ।”-कार्कीले भन्नुभयो ।

२०७० असार २६ गतेदेखि पोखराको न्यूरोडमा मुख्य कार्यालय तथा आउटलेट सञ्चालन गर्दै आएको सिटिजन फर्निचरले हाल सिटिजन फर्निसिङ सप्लायर्स, सिटिजन फर्निचर एण्ड फर्निसिङ हब तथा सिटिजन कम्प्युटर एण्ड मेन्टेनेन्ससमेत सञ्चालन गरिरहेको जनाएको छ ।

स्वदेशमै उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने उद्देश्यसहित व्यवसाय सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल २ सय ७० जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सिटिजन फर्निचरले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेको जनाएको छ । पोखरामा आयोजना हुने विभिन्न कार्यक्रम तथा सामाजिक गतिविधिमा समेत संस्थागत सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार