पोखरा । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग, ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारालाई आत्मसात गर्दै डेभिज फल्स क्लब, पोखरा महानगरपालिका-१७, छोरेपाटनको आयोजनामा २०८३ असोज १० गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन भएको क्लबका अध्यक्ष दीपक सुवेदीले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका-१७ की वडाअध्यक्ष राधिकाकुमारी शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मानवीय जीवनमा रगत महत्वपूर्ण भएकोले मानवीय सेवामा क्लबले खेलको भूमिकाको उच्च कदर गर्नुभयो ।
उहाँले यस्ता समुदाय र आमनागरिक सँगै प्रत्यक्ष सरोकारवाला राख्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सङ्कलित रगत बिरामीहरूको उपचारमा सहयोग पुग्ने अपेक्षा गर्नु भयो । उहाँका अनुसार पछिल्लो समय देशका विभिन्न स्थानहरूमा भारी वर्षा तथा बाढीपहिरोको प्रतिकूल परिस्थितिका बिच पनि आयोजित कार्यक्रममा उत्साहजनक सहभागिताको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पोखरा-१७ का वडा सदस्य विक्रम गुरुङ, क्लबका सल्लाहकारहरू श्रीराम सुवेदी, झपिन्द्रराज रेग्मी, ऋषिराम बराल र डम्बरबहादुर गुरुङ साथै क्लबका पूर्वअध्यक्षहरू भीष्मजी कार्की र खेमराज बराल ‘पुष्प’, निवर्तमान अध्यक्ष विनम गुरुङ, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज बराल, छोरेपाटन माध्यमिक विद्यालयका ज्येष्ठ सदस्य दानबहादुर शाही, गुप्तेश्वर सृजनशील मञ्चका अध्यक्ष शिवम शाही बीएनबी युनाइटेडका प्रमुख वेद थापालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
क्लबका अध्यक्ष दीपक सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको महत्त्व बारेमा सदस्य वेदप्रसाद अधिकारी ‘शङ्कर’ले र सञ्चालन सचिव गणेश जिसीले गर्नुभएको थियो ।