काठमाण्डौ । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैङ्ककमा जारी ५८औँ एशियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार उहाँले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नुभएको हो ।