मानव आवाज

२०८३ असोज ११ गते
00: 00: 00
२०८३ असोज ११ गते

नेपाल एसियन क्रिकेटको समूहविजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा जापान र नेपालबिचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो । करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको थियो र पिचलाई कभरले ढाकिएको थियो । वर्षाकै कारण दोस्रो इनिङ सुरु हुनै सकेन ।

यो नतिजासँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ३ अङ्क जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान २ खेलमा २ अङ्कका साथ उपविजेता बन्यो ।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ । अफगानिस्तानले भारतसँग खेल्नेछ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार