मानव आवाज

२०८३ असोज ८ गते
00: 00: 00
२०८३ असोज ८ गते

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।

छोरी डेनी दाहालले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार २०८३ असोज ४ गते  बिहान बेलबारीबाट पक्राउ पर्नुभएको दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन ।

उहाँ पछिल्लो समय बालेन सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहनुभएको थियो । साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताउनुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार