मानव आवाज

२०८३ असोज ५ गते
00: 00: 00
२०८३ असोज ५ गते

पक्राउ परेका सबैलाई हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी वा अभियोगकै आधारमा अनिवार्य रूपमा हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले रोशन आउजीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले हतकडी लगाउनुअघि पक्राउ परेका व्यक्तिको भाग्ने जोखिम, हिंसात्मक व्यवहार तथा अरूलाई क्षति पुर्‍याउन सक्ने अवस्थाको वस्तुनिष्ठ मूल्याङ्कन गर्नुपर्ने जनाएको छ ।

अपरिहार्य अवस्थामा हतकडी लगाए त्यसको अभिलेख राख्नसमेत अदालतले भनेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार