मानव आवाज

२०८३ असोज ३ गते
00: 00: 00
२०८३ असोज ३ गते

कर्मफ्लाइट्सले हुम्लाका १,५५० विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने

पोखरा । कर्मफ्लाइट्स फाउण्डेशन नेपाल र हुम्लाको सिमकोट गाउँपालिकाबिच दुर्गम क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

२०८३ भदौ २ गते भएको सम्झौताअनुसार गाउँपालिकाका १७ विद्यालयका १ हजार ५ सय ५० विद्यार्थीलाई ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराइनेछ ।

सम्झौतामा फाउण्डेशनका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवर र सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

फाउण्डेशनले सामग्री खरिद गरी काठमाडौँमा गाउँपालिकाले तोकेको प्रतिनिधिलाई हस्तान्तरण गर्नेछ भने काठमाडौँदेखि सिमकोट र सम्बन्धित विद्यालयसम्म ढुवानी तथा वितरणको जिम्मेवारी गाउँपालिकाले लिनेछ ।

फाउण्डेशनले शिक्षा तथा प्रविधिको क्षेत्रमा समेत सिमकोटसँग सहकार्य गर्दै आएको जनाएको छ ।

अघिल्लो वर्ष दुई विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएकोमा यस वर्ष थप दुई विद्यालय र हेड नेपालमा कम्प्युटर ल्याब जडान गर्ने योजना रहेको छ ।

कार्यकारी निर्देशक कुँवरका अनुसार न्यानो कपडा र कम्प्युटर ल्याब स्थापनासहितका कार्यक्रमका लागि फाउण्डेशनले करिब ६० लाख रुपियाँ खर्च गर्ने अनुमान गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार