पोखरा । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, चुनौती तथा स्थानीय तहले अपनाउनुपर्ने अनुकूलनका उपायका सम्बन्धमा छलफल गर्ने उद्देश्यसहित हिमालपारिको जिल्ला मुस्ताङमा आयोजना गरिएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन-२०८३ सम्पन्न भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलन जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३ जारी गर्दै २०८३ भदौ ३१ गते सम्पन्न भएको हो ।
१२ भागमा विभाजन गरी तयार गरिएको घोषणापत्रमा विभिन्न ४९ ओटा बुँदा रहेका छन् । सम्मेलनमा २ सय ६० गाउँपालिका, १ सय ५० नगरपालिका, पाँच उपमहानगरपालिका, एक महानगरपालिका र ३६ जिल्ला समन्वय समितिका गरी १ हजार ४ सय प्रतिनिधिसँगै विज्ञ, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो ।