मानव आवाज

२०८३ भदौ २९ गते
00: 00: 00
२०८३ भदौ २९ गते

आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपालले अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिई प्रसारण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले २०८३ भदौ २९ गते जारी गरेको विज्ञप्तिमा रसुवामा आएको बाढीमा माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिको अस्पतालको आईसीयूमा उपचार भइरहेको अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानलबाट प्रसारण गरिएको सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक अस्पतालमा उपचाररत रहेको अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीबारे समेत काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ ।

काउन्सिलले बिरामीको संवेदनशील अवस्था, उपचाररत व्यक्तिको गोपनीयता तथा पत्रकारिता आचारसंहितासँग सम्बन्धित विषयमा अध्ययन गरिरहेको सङ्केत गरेको छ ।

Author

सम्बन्धित समाचार