काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७ रनको शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको ५१ र बसिर अहमदको ४७ रनको मद्दतमा १४७ रन बनाएको थियो ।
जबाफी ब्याटिङमा ओमान नेपाली स्पिनसामु टिक्न नसक्दा २८.१ ओभरमै ६० रनमा समेटियो ।