काठमाडौँ । सङ्घीय सरकारकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उहाँका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिनुभयो ।
मन्त्री यादवले २०८३ भदौ २४ गते संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।
उहाँको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।