मानव आवाज

२०८३ भदौ २५ गते
00: 00: 00
२०८३ भदौ २५ गते

सेवामूलक कामसँगै गोल्डेन चौतारीको स्थापना दिवस

पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले लायन वर्ष २०२६/२७ को चार्टर्ड डे विभिन्न सेवामूलक तथा सामाजिक कार्यक्रम गरी मनाएको छ ।

क्लबले पोखरा महानगरपालिका-६ स्थित केदारेश्वर महादेव मणि मन्दिर परिसरमा सम्पदा सरसफाइ, अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा ८० जना बटुकसहित १ सय २० जनालाई सहभोज कार्यक्रम आयोजना गरेको हो ।

सेवा, समर्पण र मानवीय भावनालाई मूल मन्त्र बनाउँदै अघि बढिरहेको क्लबले २०८३ भदौ २४ गते आफ्नो गौरवपूर्ण यात्राको अर्को अध्यायमा प्रवेश गरेको जनाएको छ ।

२५ जना संस्थापक सदस्यबाट सुरु भएको क्लब अहिले ७० जना सक्रिय सदस्यको परिवारका रूपमा विस्तार भएको छ ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एम नेपालका सर्भिस चिफ लायन उमनाथ बरालले लायन्स क्लब खुशी साट्ने थलो मात्र नभई विपद्मा परेका नागरिकको दुःखमा साथ दिने संस्था भएको बताउनुभयो ।

उहाँले विपद्का समयमा मानवता र सहकार्यको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै पीडितको दुःखमा मलम लगाउने कार्यमा समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो ।

“लायन्सले राहत सामग्री मात्र दिँदैन, दुःखमा साथ छौँ भन्ने विश्वास र कोही पनि एक्लो छैन भन्ने अनुभूति पनि दिलाउँछ ।”-उहाँले भन्नुभयो ।

डिस्ट्रिक्ट ३२५ एम नेपालका फस्ट भिडीजी तथा क्लबका पूर्वअध्यक्ष लायन किशोर बरालले क्लबले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

उहाँले विपन्न तथा असहायलाई सहयोग, स्वास्थ्य, शिक्षा तथा समुदायकेन्द्रित विभिन्न सेवामूलक गतिविधिमार्फत क्लबले सेवाको भावनालाई सार्थक बनाउँदै आएको उल्लेख गर्नुभयो ।

क्लबका संस्थापक अध्यक्ष लायन दिनबन्धु पौडेलले क्लबको गौरवपूर्ण यात्रामा अमूल्य समय, श्रम, नेतृत्व र योगदान पुर्‍याउने पूर्वअध्यक्ष, संस्थापक सदस्य, वर्तमान पदाधिकारी तथा सम्पूर्ण लायन सदस्यप्रति आभार व्यक्त गर्नुभयो ।

एकता, सहकार्य र सेवाभावकै कारण गोल्डेन चौतारी एउटा क्लब मात्र नभई सेवा, मित्रता र मानवताको प्रेरणादायी प्रतीक बन्न सफल भएको उहाँले बताउनुभयो ।

आगामी दिनमा पनि एकता, उत्साह र सेवाको ज्योति अझ प्रज्वलित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।

कार्यक्रममा केदारेश्वर महादेव मणि मन्दिरका संरक्षक पीठाधीश चिद्घन चैतन्य (डा. लेखनाथ)ले मानवीय भावनाका साथ सेवामूलक कार्य गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका अध्यक्ष लायन थोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष लायन पुष्पराज पौडेलले गर्नुभएको थियो भने सञ्चालन सचिव लायन शिव वाग्लेले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार