मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

रसुवा बाढी प्रभावितलाई सहयोगार्थ ललितपुरमा रक्तदान, ३५ जनाले दिए रगत

ललितपुर । रसुवा, नुवाकोटलगायत भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइते तथा बिरामीलाई पर्नसक्ने रगत अभावलाई मध्यनजर गर्दै ललितपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा २०८३ भदौ २० गते चापागाउँस्थित प्रतिष्ठानको कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानले सोही दिन हरितालिका तीज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरे पनि भदौ १० गते आएको विनाशकारी बाढीबाट उत्पन्न राष्ट्रिय विपत्तिलाई मध्यनजर गर्दै तीज कार्यक्रम स्थगित गरी रक्तदान आयोजना गरेको प्रतिष्ठान ललितपुरका अध्यक्ष मिठाराम केसीले बताउनुभयो ।

उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका क्रममा रगतको आवश्यकता पर्नसक्ने भएकाले मानवीय सहयोगस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला कार्यसमितिको तर्फबाट प्रतिष्ठानको केन्द्रीय समितिमार्फत बाढीपीडितका लागि नगद आर्थिक सहयोगसमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

बाढीमा परी लोक तथा दोहोरीगीत प्रतिष्ठान रसुवाका निवर्तमान अध्यक्ष राजमुमार मगर, बागमती प्रदेश समितिकी कार्यसमिति सदस्य तथा नुवाकोटकी निवर्तमान अध्यक्ष चन्द्रकुमारी बस्नेत (बिमला) र उहाँका पति रामकुमार बस्नेतको समेत निधन भएको प्रतिष्ठानले जनाएको छ ।

रक्तदान कार्यक्रममा कान्तिपुर रक्तसञ्चार सेवा, तीनकुनेको प्राविधिक सहयोग रहेको थियो । प्रतिष्ठानले बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्यजन्य जोखिमलाई ध्यानमा राख्दै सामाजिक तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार