मानव आवाज

२०८३ भदौ १८ गते
00: 00: 00
२०८३ भदौ १८ गते

भोटेकोशी बाढी प्रभावितका लागि पोखराका आमा समूहको सहयोग

पोखरा । भोटेकोशीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिका–६ का तीनवटा आमा समूहमा आबद्ध दिदीबहिनीहरूले पर्वका लागि छुट्याएको रकम सहयोग गरेका छन् ।

तीनवटा आमा समूहले सङ्कलन गरेको कुल १ लाख ८६ हजार ९ सय ६ रुपियाँ २०८३ भदौ १७ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

उनीहरूले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आफ्नो तर्फबाट थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरेको बताएका छन् ।

बैदाम महिला विकास समाजकी अध्यक्ष इन्दिरा पहारीका अनुसार समूहले आफ्ना केही रमाइला कार्यक्रमलाई केही समयका लागि स्थगित गर्दै पीडित परिवारको दुःखमा साथ दिने निर्णय गरेको हो । समाजले ६५ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

त्यसैगरी, जगदम्बा आमा समूहले १ लाख ७ सय ९५ रुपियाँ सहयोग गरेको संस्थाकी सचिव दुर्गा सुवेदीले बताउनुभयो। विपद्मा परेका नागरिकलाई मानवीय सेवाको भावनासहित सहयोग गरिएको उहाँको भनाइ छ ।

पोखरा महानगरपालिका–६ स्थित खहरे आमा समूहले पनि २१ हजार रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

सहयोग रकम जम्मा गरिएको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको समूहकी अध्यक्ष अञ्जना पहारीले बताउनुभयो ।

सामाजिक अभियन्ता वविता मल्लले बाढीपहिरो प्रभावित नागरिकको खाना, लत्ताकपडा, सुरक्षित आश्रय तथा उपचारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

विपद्पछिको उद्धार तथा पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न सङ्घसंस्था, समुदाय तथा नागरिकस्तरबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार