मानव आवाज

२०८३ भदौ १६ गते
00: 00: 00
२०८३ भदौ १६ गते

भोटेकोशी बाढीबाट दुई प्रदेश, पाँच जिल्ला, १५ स्थानीय तह, ४९ वडा प्रभावित

काठमाडौँ । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट दुई प्रदेश, पाँच जिल्ला, १५ स्थानीय तहका ४९ ओटा वडा प्रभावित भएका छन् ।

जसमध्ये रसुवाका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ ओटा वडा प्रभावित भएका छन् । सबैभन्दा धेरै उत्तरगया गाउँपालिकाका पाँच ओटा (सबै) वडा प्रभावित भएका छन् ।

गोसाईंकुण्ड गाउँपालिका वडा नं १, २, ३ र ५, आमाछोदिङ्‌मो गाउँपालिकाको वडा नं १ र कालिका गाउँपालिकाको वडा नं १ प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

नुवाकोटका चार ओटा स्थानीय तह तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका ११ ओटा वडा प्रभावित भएका छन् ।

तारकेश्वरका वडा नं २ र ४, किस्पाङको वडा नं ५, विदुरका वडा नं १, ४, ५, ९ र १० तथा बेलकोटगढीका वडा नं ५, ७ र ८ प्रभावित भएका छन् ।

धादिङका गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाका गरी १८ ओटा वडा प्रभावित भएका छन् ।

जसमा गल्छीका वडा नं १, २, ४, ६ र ८, गजुरीका वडा नं १, २, ५ र ६, बेनिघाटका वडा नं ३, ५, ७, ९ र १० तथा सिद्धलेकका वडा नं ३, ४, ६ र ७ प्रभावित भएका छन् ।

गोरखाको गण्डकी गाउँपालिकाका वडा नं १, २, ६, ७ र ८ तनहुँका देवघाट गाउँपालिकाका वडा नं ४ र ५ तथा तनहुँकै आँबुखैरिनी गाउँपालिकाका वडा नं ४ र ५ प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सरकारले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । बाढीबाट सबैभन्दा बढी बागमती प्रदेशको रसुवा जिल्ला प्रभावित भएको छ । यो बाढीबाट गण्डकी प्रदेशका गोरखा र तनहुँलाई पनि क्षति पुगेको छ ।

बाढीबाट ९ सय ३ जनाको मृत्यु भइसकेको छ भने ४ हजार २ सय ४७ बेपत्ता छन् । यद्यपि, यो तथ्याङ्क अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार