सिन्धुली । बाढीपहिरो प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सिन्धुलीको रातामाटास्थित सूर्योदय बोर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेको छ ।
विद्यालयका प्रिन्सिपल सोनी पाण्डेले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम सहयोग गरेको जनाएको छ ।
विद्यालयले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गरेको जनाएको हो ।