मानव आवाज

२०८३ भदौ १५ गते
00: 00: 00
२०८३ भदौ १५ गते

म्याजेस्टिक लेक फ्रन्टद्वारा राहत कोषमा १ लाख रुपियाँ सहयोग

पोखरा । पोखरा महानगरपालिका-६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपियाँ सहयोग गरेको छ।

होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले २०८३ भदौ १४ गते सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको भन्दै होटलले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेकाले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा रकम प्रदान गरेको हो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार