मानव आवाज

२०८३ भदौ १५ गते
00: 00: 00
२०८३ भदौ १५ गते

टिमुरे भन्सारबाट सम्पर्कविहीन रामबाबुको खोजीका लागि परिवारको अपिल

काठमाडौँ । रसुवाको कालिका गाउँपालिका-४ भदौरेका २८ वर्षीय रामबाबु ढकाल भोटेकोशी बाढी तथा पहिरोपछि टिमुरे भन्सार क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको छ ।

टिमुरे गढीमा काम गर्दै आएका ढकाल पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवारले उनको खोजीका लागि अपिल गरेको छ ।

परिवारका अनुसार ढकालको मोबाइलको लोकेसन चीनतर्फको सीमा क्षेत्रमा देखिएको थियो। चीनतर्फ सकुशल रहेका नेपाली कामदारको ५६ जनाको सूची सार्वजनिक हुँदा ढकालको नाम २९औँ नम्बरमा रहेको जानकारी परिवारले पाएको छ ।

सूचीमा नाम समावेश भए पनि हालसम्म उनीसँग प्रत्यक्ष सम्पर्क हुन नसकेपछि परिवार थप चिन्तित बनेको छ ।

ढकालको अवस्थाबारे यकिन जानकारी नहुँदा परिवारले उनलाई देख्ने वा भेट्ने व्यक्तिलाई तत्काल जानकारी गराइदिन आग्रह गरेको छ ।

परिवारले ढकालबारे कुनै सूचना प्राप्त भएमा ९७६९७६२९०७ मा सम्पर्क गर्न वा नजिकैको सुरक्षाकर्मी तथा उद्धार टोलीलाई जानकारी गराइदिन अनुरोध गरेको छ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार