मानव आवाज

२०८३ भदौ १३ गते
00: 00: 00
२०८३ भदौ १३ गते

भोटेकोशी बाढी प्रभावित १९ जना सिन्धुलीवासीको सकुशल उद्धार

सिन्धुली । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण जोखिममा परेका सिन्धुली जिल्लाका १९ जना नागरिकको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट प्राप्त विवरणअनुसार उनीहरूको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै जना सुरक्षित अवस्थामा रहेको प्रशासनले जनाएको छ । बाढीपछि सिन्धुलीका केही व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नरहेको वा बेपत्ता भएको हुन सक्ने भएकाले उनीहरूको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको छ ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

सिन्धुलीबाट भोटेकोशी क्षेत्र पुगेका नागरिकहरू नदीको बहाव अचानक बढेपछि जोखिममा परेका थिए ।

तीमध्ये हालसम्म १९ जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।

उद्धार गरिएकामा २१ वर्षीय शङ्कर मगर, २४ वर्षीय गणेश रुम्बाली, ३८ वर्षीय रत्नबहादुर थापा, ३ वर्षीय केवेन श्रेष्ठ, २१ वर्षीय हेमबहादुर मगर, ४२ वर्षीय राजन रसाइली, ५० वर्षीय बलबहादुर माझी, १८ वर्षीय भक्तबहादुर माझी, ३५ वर्षीय सुनिल माझी, २३ वर्षीय दिनेश मगर, ३३ वर्षीय पर्शुराम राई, ४५ वर्षीय बद्री थापा, ४५ वर्षीय कुमार बुढाथोकी, ३९ वर्षीय सूर्यबहादुर तामाङ, ३१ वर्षीय नवराज मिर्चिङ, २२ वर्षीय नवीन तामाङ, ५२ वर्षीय नारायणबहादुर खत्री, ४२ वर्षीय भुवनबहादुर सुनुवार र ३३ वर्षीय श्यामलाल मोक्तान रहनुभएको छ ।

घटनापछि आफन्त तथा परिवारजनमा त्रास र चिन्ता बढेको भए पनि १९ जना सिन्धुलीवासीको सकुशल उद्धार भएपछि केही राहत मिलेको छ ।

प्रशासनले घटनासँग सम्बन्धित थप विवरण सङ्कलन गर्नुका साथै खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।

यसैगरी बाढीपछि सम्पर्कविहीन रहेका अन्य सिन्धुलीवासी नागरिकसमेत सकुशल भेटिने आशा गरिएको छ ।

परिवारजनले आफ्ना आफन्तको अवस्थाबारे जानकारी लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरिरहेका छन् । (फोटः एआइ जेनेरेटेड)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार