मानव आवाज

२०८३ भदौ १३ गते
00: 00: 00
२०८३ भदौ १३ गते

कर्मफ्लाइट्स फाउण्डेशनद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख सहयोग

पोखरा । बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि कर्मफ्लाइट्स फाउण्डेशन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपियाँ सहयोग गरेको छ ।

पोखरा महानगरपालिका-६ मा रहेको सामाजिक क्षेत्रमा क्रियाशील फाउण्डेशनले २०८३ भदौ १३ गते उक्त रकम सहयोग गरेको हो ।

फाउण्डेशनका पदाधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई बैङ्क दाखिला भौचर हस्तान्तरण गरेका हुन् ।

भौचर बुझ्दै प्रजिअ गुरुङले राज्य अप्ठ्यारोमा परेका बेला सामाजिक संस्थाले गरेको सहयोग सकारात्मक भएको बताउनुभयो ।

उहाँले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत लिएर जाने सङ्घसंस्था तथा व्यक्तिले सम्बन्धित क्षेत्रका फोकल पर्सनसँग समन्वय गरी आवश्यक जानकारी लिएर मात्र जान आग्रह गर्नुभयो ।

फाउण्डेशनकी अध्यक्ष शर्मिला शर्माले दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले संस्था २०७२ सालदेखि सक्रिय रहेको बताउनुभयो ।

उहाँले विपद्का बेला आवश्यक राहत सामग्रीसहित बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

फाउण्डेशनका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै २ लाख रुपियाँ कोषमा जम्मा गर्नुका साथै करिब १५ लाख रुपियाँ बराबरको खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ताकपडालगायत आवश्यक सामग्री प्रभावित क्षेत्रमा वितरण गर्न लागिएको बताउनुभयो ।

स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले विपद्को समयमा सबैले राज्यलाई सहयोग गर्नुपर्ने भन्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा उद्धार अभियानमा सहयोग गरेको बताउनुभयो।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार