पोखरा । ‘ग्राहकको सन्तुष्टि र गुणस्तरलाई व्यवसायको मुख्य आधार’ भन्ने नारासहित पोखराको ठूलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा ‘बिपी एथेनिक वेयर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर २०८३ भदौ ७ गते एक समारोहबिच पसलको शुभारम्भ गरिएको हो ।
पोखराको मानवअधिकार चोकस्थित पोखरा ट्रेड मलको दोस्रो तलामा सञ्चालनमा आएको पसलको उद्घाटन कल्पू कलेक्सन चितवनकी सञ्चालक कल्पना पौडेल खड्का, टिकटक स्टार शान्ति बराल र समाजसेवी शान्ति गिरीले संयुक्त रूपमा रिबन काटेर गरेका थिए ।
सञ्चालक कल्पना पौडेल खड्काका अनुसार पसलमा युवायुवती तथा महिलाहरूलाई लक्षित गरी विभिन्न डिजाइनका फेसनएबल पोसाक उपलब्ध गराइएको छ ।
भारतका प्रतिष्ठित ब्रान्ड तथा फेसनएबल कपडाका लागि ‘बिपी एथेनिक वेयर’ मा आउन उनले आग्रह गरिन् ।
पसलमा भारतका प्रतिष्ठित उत्पादन कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरी आयात गरिएका ब्रान्डेड तथा गुणस्तरीय कुर्तासुरुवाल, एथेनिक वेयर तथा नयाँ डिजाइनका पोसाक उपलब्ध गराइएको सञ्चालकहरूले बताएका छन् ।
सञ्चालक एवम् युवा व्यवसायी सन्तोष पुरीले परम्परागत पहिरनसँगै आधुनिक फेसनको संयोजन खोज्ने ग्राहकलाई लक्षित गरी विभिन्न डिजाइन, रङ र शैलीका पोसाक भित्र्याइएको बताए ।
चाडपर्व तथा विशेष अवसरका लागि आवश्यक पहिरनलाई ध्यानमा राखेर नयाँ तथा आकर्षक डिजाइनका सामग्री उपलब्ध गराइएको उनको भनाइ छ ।
बजारमा गुणस्तरीय तथा नक्कली सामानको जोखिम बढिरहेका बेला ‘बिपी एथेनिक वेयर’ले आधिकारिक ब्रान्ड तथा गुणस्तरीय सामान मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएको पुरीले बताए ।
सञ्चालक विपाशा पुरीले ग्राहकले खरिद गर्ने सामानको गुणस्तरप्रति विश्वस्त हुन सकून् भन्ने उद्देश्यले आधिकारिक स्रोतबाट आयात गरिएका सामग्रीलाई प्राथमिकता दिएको बताइन् ।
पसल शुभारम्भको अवसरमा २०८३ भदौ ७ गतेदेखि १५ गतेसम्म ग्राहकलाई २५ प्रतिशतसम्म विशेष छुट उपलब्ध गराइने सञ्चालकले जानकारी दिएका छन् ।