मानव आवाज

२०८३ भाद्र ४ गते
00: 00: 00
२०८३ भाद्र ४ गते

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न र कुनै पनि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले २०८३ भदौ ३ गते यस्तो आदेश दिएको हो ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर जिल्ला प्रहरी परिसर ललितपुरमार्फत पक्राउ गर्न सक्ने र वैयक्तिक स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै श्रेष्ठले निषेधाज्ञाको माग गर्दै रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म श्रेष्ठलाई धरपकड नगर्न, पक्राउ नगर्न र थुनामा नराख्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ ।

विचार र अभिव्यक्तिको स्वतन्त्रता साथै सञ्चारको हकसम्बन्धी संवैधानिक प्रावधानलाई उद्धृत गर्दै सञ्चार माध्यममा प्रकाशित सामग्रीकै आधारमा पत्रकारलाई पक्राउ गर्नु संवैधानिक हक विपरीत हुने उच्च अदालतले पनि उल्लेख गरिएको छ ।

अदालतले सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिरहरूलाई समेत आधार मान्दै श्रेष्ठको पक्षमा यो आदेश जारी गरेको हो ।

Author

Share the News

Related News