मानव आवाज

२०८३ भाद्र २ गते
00: 00: 00
२०८३ भाद्र २ गते

भदौ १० गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ । प्रतिनिधिसभामा २०८३ भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि २०८३ भदौ १ गते यस्तो समय निर्धारण गर्नुभएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाअनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने हुन्छ ।

नियमावलीमा सभामुखले समय निर्धारण “गर्नेछ” भन्ने बाध्यकारी व्यवस्था रहेको छ । त्यसैले निर्धारित दिन कुनै कारणले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके त्यसपछि बस्ने बैठकमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

भदौ १० गते हुने प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले प्रधानमन्त्रीसँग सरकारका कामकारबाही तथा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समसामयिक विषयमा प्रश्न गर्न सक्नेछन् । प्रधानमन्त्रीले संसद्‌मै उपस्थित भएर सांसदका प्रश्नको प्रत्यक्ष जबाफ दिनुपर्नेछ ।

Author

Share the News

Recent News

Related News