मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ को मृत्यु

काठमाडौँ । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय ११ जनाको मृत्यु भएको एपी न्युजले जनाएको छ । भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् ।

केही मानिस भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार २०८३ सारउन २५ गते बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्प करिब १०३ किलोमिटर गहिराइमा गएको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सान होसे डेल पाल्मारबाट करिब ३ माइल पूर्वतर्फ र राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको थियो ।

भूकम्पपछि उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ । भग्नावशेषमा मानिसहरू फसेको हुनसक्ने भएकाले मृतक तथा घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।

Author

Share the News

Recent News

Related News