मानव आवाज

२०८३ असार ३१ गते
00: 00: 00
२०८३ असार ३१ गते

क्लबमा प्रभाव छाडेका तर विश्वकप फाइनल पुग्न नसकेका चर्चित १० खेलाडी

काठमाडौँ । फुटबलमा स्टार खेलाडी हुनु मात्र विश्वकप जित्ने वा अन्तिमसम्म पुग्ने सुनिश्चितता हुँदैन । सन् २०२६ को फिफा विश्वकपमा पनि धेरै चर्चित खेलाडी समयभन्दा अगावै प्रतियोगिताबाट बाहिरिए। कसैको टोली समूह चरणमै रोकियो, कसैको नकआउट चरणमा यात्रा टुङ्गियो ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) २०२६ विश्वकप खेले र पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि उहाँको विश्वकप यात्रा पनि समाप्त भयो । उहाँले यो आफ्नो अन्तिम विश्वकप हुने सङ्केत दिनुभएको छ ।

नेयमार (ब्राजिल) पनि २०२६ विश्वकप टोलीमा पर्नुभयो । चोटका कारण सुरुआती खेल गुमाए पनि पछि खेल्नुभयो । ब्राजिल अन्तिम १६ मा नर्वेसँग पराजित भएपछि नेयमारले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गर्नुभयो ।

किलियन एम्बाप्पे (फ्रान्स) उपाधिका प्रमुख दाबेदार मानिएको फ्रान्स सेमिफाइनलमै स्पेनसँग २–० ले पराजित भयो । एम्बाप्पेबाट ठूलो अपेक्षा गरिए पनि उहाँले टोलीलाई फाइनलसम्म पुर्‍याउन सक्नुभएन ।

केभिन डे ब्रुइने (बेल्जियम) विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एक डे ब्रुइनेको टोली बेल्जियम क्वार्टरफाइनलबाटै बाहिरियो । यो नै उहाँको अन्तिम विश्वकप हुन सक्ने चर्चा पनि चलिरहेको छ ।

एर्लिङ हालान्ड (नर्वे) लामो समयपछि विश्वकपमा फर्किएको नर्वेले आशा जगाए पनि क्वार्टरफाइनलमा यात्रा रोकियो । गोलमेसिन हालान्डको विश्वकप सपना फेरि अधुरै रह्यो ।

उस्मान डेम्बेले (फ्रान्स) बलोन डी’ओरका दाबेदारमध्ये एक मानिनुभएका डेम्बेले पनि स्पेनविरुद्ध प्रभाव जमाउन असफल रहनुभयो । फ्रान्सको आक्रमण पङ्क्ति नै फिक्का देखियो जसका कारण विश्वकप हात पार्ने उहाँको सपना सपनामा नै सीमित हुन पुग्यो ।

भिनिसियस जुनियर (ब्राजिल) उपाधिका बलिया दाबेदारमध्ये एक ब्राजिल अन्तिम १६ बाटै बाहिरिँदा भिनिसियसको विश्वकप यात्रा अपेक्षाभन्दा छोटो रह्यो ।

अच्राफ हाकिमी (मोरक्को) सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्को यसपटक क्वार्टरफाइनलभन्दा माथि जान सकेन । हाकिमीले उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई अघि बढाउन सक्नुभएन ।

ब्रुनो फर्नान्डेस (पोर्चुगल) पोर्चुगल अन्तिम १६ बाटै बाहिरिँदा ब्रुनोको रचनात्मक खेल टोलीलाई पर्याप्त हुन सकेन ।

ग्रानिट झाका (स्विट्जरल्यान्ड) अनुभवी कप्तान झाकाको नेतृत्वमा स्विट्जरल्यान्डले राम्रो सङ्घर्ष गरे पनि क्वार्टरफाइनल पार गर्न सकेन ।

Author

Share the News

Recent News

Related News