मानव आवाज

२०८३ असार ३० गते
00: 00: 00
२०८३ असार ३० गते

जेन्जी आन्दोलनबारेको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पूर्व आयुक्त समाजको माग

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोग, पूर्व आयुक्त समाजले २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले तयार गरेको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आयोगलाई पत्र बुझाएको छ ।

आयोगको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा २०८३ असार २९ गते बुझाइएको उक्त पत्रमा जेन्जी आन्दोलनका क्रममा भएका घटनाको यथार्थ विवरण समेटिएको पूर्ण प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरिएको छ ।

पूर्व आयुक्त समाजले सत्यतथ्य सार्वजनिक हुँदा नागरिकको सुसूचित हुने अधिकार सुनिश्चित हुने र मानव अधिकार संरक्षण तथा जबाफदेहितालाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष, पूर्व सदस्य तथा पूर्व सचिवहरूले हस्ताक्षर गरी आयोगसमक्ष प्रतिवेदन सार्वजनिक गर्न यस्तो आग्रह गरेका हुन् ।

पूर्व आयुक्त समाजले आयोगलाई आफ्नो संवैधानिक तथा कानुनी दायित्वअनुसार प्रतिवेदन सार्वजनिक गरी घटनासम्बन्धी सत्यतथ्य नागरिकसमक्ष ल्याउन आग्रह गरेको जनाएको छ ।

समाजले आयोगबाट यस विषयमा आवश्यक पहल र सकारात्मक निर्णय हुने अपेक्षा पनि व्यक्त गरेको छ ।

Author

Share the News

Recent News

Related News