काठमाडौँ । आत्मदाहको कारण ज्यान गुमाउनुभएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले नौ बुँदे सहमति गरेको छ ।
काठमाडौँको त्रिपुरेश्वरमा नेपालीले २०८३ असार २४ गते आत्मदाहको प्रयास गरेपछि गम्भीर जलनले वीर अस्पतालमा उहाँको मृत्यु भएको थियो ।
आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उहाँको मृत्यु भएको हो ।
उहाँको मृत्युपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन । नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबिच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, मृतककी पत्नीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति भएको छ ।

