काठमाडौँ । साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा स्वीजरल्याण्डलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा २०८३ असार २८ गते बिहान भएको क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौँपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
यो खेलसँगै सेमीफाइनलको समीकरण पूरा भएकव छ । अब अर्जेन्टिनाले इङ्गल्याण्डसँग मुकाविला गर्नेछ भने स्पेन र फ्रान्स आमनेसामने हुँदैछन् ।