काठमाडा । फिफा विश्वकप २०२६ अन्तर्गत २०८३ असार २७ गते बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई स्तब्ध पार्दै स्पेनले अगाडिको बाटो तय गरेको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन विजयी भएको हो ।
यो जितसँगै स्पेन जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा दुवै टोलीले पहिलो हाफमा एकएक गोलको बराबरी खेलेका थिए ।
खेलको ८८ औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले जितका लागि निर्णायक गोल गरेपछि सन् २०१० पछि स्पेन पहिलो पटक सेमीफाइनल प्रवेश गरेको हो ।