मानव आवाज

२०८३ असार २२ गते
00: 00: 00
२०८३ असार २२ गते

विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कुशेश्वर माविमा लिच्ची खेती सुरु

सिन्धुली । मरिण गाउँपालिका-३ स्थित कुशेश्वर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब १२ बिघा जग्गामा लिच्चीका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै विद्यालयको खाली रहेको जग्गाको सदुपयोग गरी भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले लिच्ची खेती सुरु गरिएको बताउनुभयो ।

उहाँले यस अभियानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै दीर्घकालीन आर्थिक स्रोत सिर्जना गर्ने विश्वास व्यक्त गर्दै परम्परागत शिक्षासँगै उत्पादनमुखी तथा आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस्ता कार्यक्रमले विद्यालयलाई दिगो विकासतर्फ उन्मुख गराउने उल्लेख गर्दै कृषि र शिक्षालाई एकीकृत गरी विद्यालयको आफ्नै आम्दानीको स्रोत विकास गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले लिच्चीका बिरुवाको संरक्षण, स्याहारसम्भार तथा व्यवस्थापनमा सबै पक्षको साझा जिम्मेवारी रहने धारणा राखेका थिए ।

बिरुवाले उत्पादन दिन थालेपछि लिच्ची बिक्रीबाट प्राप्त आम्दानी विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा उपयोग गरिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मरिण गाउँपालिका-३ का वडाध्यक्ष जितबहादुर श्रेष्ठ, शिक्षकशिक्षिका, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News