मानव आवाज

२०८३ असार २२ गते
00: 00: 00
२०८३ असार २२ गते

संसदमा जबाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जबाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर तथा महत्त्वपूर्ण विषयमा सरकारको जबाफ आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जबाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।”

उहाँले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे पनि सदनलाई जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो ।

सांसदहरूले विभिन्न समयमा सदनमार्फत उठाउँदै आएका समसामयिक विषयप्रति सरकारले जिम्मेवार रूपमा जबाफ दिनुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

मनसुनजन्य जोखिमको समय नजिकिँदै जाँदा हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिनुभएको छ । 

Author

Share the News

Recent News

Related News