मानव आवाज

२०८३ असार १८ गते
00: 00: 00
२०८३ असार १८ गते

अन्तर्राष्ट्रिय फुटबलमा १० भेट, पोर्चुगलको पक्षमा सात, क्रोएशियाको पक्षमा एक जित

ललितपुर । फिफा विश्वकप फुटबलको नकआउट चरणमा २०८३ असार १९ गते बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ ।

पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । यसमा पोर्चुगल ७ र क्रोएशिया १ खेलमा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ ।

त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा शुरू हुनेछ ।

Author

Share the News

Recent News

Related News