मानव आवाज

२०८३ असार १७ गते
00: 00: 00
२०८३ असार १७ गते

बाल सदस्यता प्रकरणमा रास्वपामाथि मानवअधिकार आयोगको चासो

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरिएको भन्ने सूचना सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग त्यसबारे विस्तृत जानकारी माग गरेको छ ।

आयोगले २०८३ असार १७ गते जारी गरेको प्रेस नोटमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा आयोगमा प्राप्त जानकारीका आधारमा रास्वपाको केन्द्रीय कार्यालयलाई २०८३ असार १५ गते पत्राचार गरिएको जनाएको छ ।

आयोगका अनुसार पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई पनि पार्टी सदस्यता वितरण गरिएको उल्लेख भएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको हो ।

आयोगले १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने उल्लेख गरेको छ ।

त्यसैले बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको हो वा होइन भन्ने सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) अनुसार रास्वपालाई अनुरोध गरिएको आयोगले जनाएको छ ।

Author

Share the News

Recent News

Related News