मानव आवाज

२०८३ असार ११ गते
00: 00: 00
२०८३ असार ११ गते

तोकिएको समयमा बजेट ल्याउन नसक्ने नगरपालिका कुन् कुन् हुन् ? (सूचीसहित)

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तोकिएकै समयमा १४ ओटा नगरपालिकाले समयमा नै बजेट ल्याउन असफल भएका छन् ।

नेपाल नगरपालिका सङ्घका अनुसार नेपालका २ सय ९३ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमध्ये १४ ओटा नगरपालिका आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तोकिएको समय सीमाभित्र नगरसभामा पेस गर्न असफल भएका हुन् । 

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन,२०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा व्यवस्था भए बमोजिम देशका सम्पूर्ण स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट हरेक वर्षको असार १० गतेभित्र आआफ्नो नगरसभामा अनिवार्य रूपमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । 

Author

Related News