मानव आवाज

२०८३ असार ७ गते
00: 00: 00
२०८३ असार ७ गते

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकियो

ललितपुर । भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ–यात्रा २०८३ असार ६ गते सकिएको छ । 

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको रथ यात्रा २०८३ असार ३ गते ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो ।

जावलाखेलमा चार दिन रथ राखेपछि असार ६ गते भोटो देखाइएको हो । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा भोटो देखाएर जात्राको समापन गरिएको हो ।

रातो मच्छिन्द्रनाथको जात्रालाई नेपालमै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ ।

Author

Related News