ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम २०८३ असार ५ गते सार्वजनिक गर्ने भएको छ ।
महानगरपालिकाले नगरसभाको अधिवेशनमार्फत आगामी वर्षका लागि तय गरिएका विकास निर्माण, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणीय सुधारका योजनाहरू समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी वर्षका प्राथमिकता र लक्ष्यहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
ललितपुर महानगरले विशेष गरी ‘स्मार्ट सिटी’को अवधारणा, पुरातात्त्विक सम्पदाको पुनरुत्थान र सार्वजनिक यातायात व्यवस्थापन जस्ता विषयलाई विशेष जोड दिने बताइएको छ ।
नीति तथा कार्यक्रमकै आधारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।