पोखरा । पोखरा महानगरपालिका-६, लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले आफ्नो प्रथम वार्षिकोत्सव मनाउँदै दोस्रो वर्षमा प्रवेश गरेको छ ।
चिल्ली ग्रुपको लगानीमा सञ्चालित होटलले एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य पर्यटकमाझ छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले गर्नुभएको थियो ।
उहाँले पर्यटन र गुणस्तरीय होटल सेवाले प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सेवा विस्तार र स्थानीय उत्पादन तथा संस्कृतिसँग जोडिन आग्रह गर्नुभयो ।

होटलका सञ्चालक भीष्म पौडेलका अनुसार करिब १ अर्ब २५ करोड रुपियाँ लागतमा निर्माण भएको होटलमा ५५ ओटा सुसज्जित कोठा, स्विमिङ पुल, स्पा, सम्मेलन हल, रेष्टुरेन्ट तथा अन्य आधुनिक सुविधाहरू उपलब्ध छन् ।
कार्यक्रममा होटल निर्माणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा श्रमिकहरूलाई सम्मान गरिएको थियो ।
होटलका अध्यक्ष विश्व पौडेल ले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो ।